• गृहपृष्‍ठ
  • राजनिति
  • दोलखा कै एमाले सांसदद्वारा संसद मै जिरीमा बन्ने मानव निर्मित तालको विरोध

दोलखा कै एमाले सांसदद्वारा संसद मै जिरीमा बन्ने मानव निर्मित तालको विरोध


कान्तिपथ


नेकपा एमालेकी केन्द्रिय सदस्य, पुर्व मन्त्री तथा बागमती प्रदेशसभा सदस्य रचना खड्काले जिरीमा बन्ने भनिएको मानव निर्मित तालको विरुद्धमा बोलेकी छन् । उनी दोलखा बाटै प्रतिनिधित्व गर्ने प्रदेश सांसद हुन् ।

प्रदेश सभा बैठकमा आज बजेटमाथि छलफलमा सहभागी हुँदै उनले मानव निर्मित ताल प्राथमिकतामा पर्न नसक्ने बताइन । उनले प्रदेश पूर्वाधार कार्यक्रम खारेज गरेकोमा पनि विरोध गरेकी छन् ।

प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दोलखाको जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताएका थिए । उक्त बजेट वन तथा वातावरण मन्त्री तथा दोलखा ‘क’ का सांसद विशाल खड्काको पहलमा परेको हो ।

उक्त बजेट विनियोजनले दोलखा बासिमा खुसी छाएको छ तर दोलखा कै जनताको समानुपातिक भोटले माननीय बनेकी खड्काले आफ्नै जिल्लामा आएको योजनामा विरोध जनाएकी हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत