पर्यटन क्षेत्र प्रवद्र्धन गरिने छ : मन्त्री श्रेष्ठ


कान्तिपथ



नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पदवहालीका क्रममा उहाँले महामारीले धरासायी बनाएको यस क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन आवश्यक रहेको बताउनुभएको हो ।

मन्त्रालयका कार्य प्राज्ञिक, धार्मिक र संस्कृतिका साथै वैदेशिक पर्यटनसँग पनि जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “यस मन्त्रालयमा राष्ट्रिय गौरबका विभिन्न योजना छन्, तिनलाई समयमै सम्पन्न गराउनुपर्छ ।”

उहाँले आफूसँग छोटो समय रहेको र त्यस अवधिमा मन्त्रालयका कार्यविधि, ऐन तथा नियमको परिधिमा रहेर धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि मन्त्रालयका कर्मचारीले मन्त्री श्रेष्ठको स्वागत गरेका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत