सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • बोक्सीको आरोपमा मलमूत्र खुवा उँदा सिराहामा २ महिला कर्याप्पै !

बोक्सीको आरोपमा मलमूत्र खुवा उँदा सिराहामा २ महिला कर्याप्पै !


कान्तिपथ


बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिराहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका-४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ।

गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत