शनिबार, बैशाख १३, २०८२

यी हुन् बामदेवका ६८ केन्द्रिय सदस्य


कान्तिपथ


वामदेव गौतमले घोषणा गर्ने पार्टीको नाम ‘नेकपा राष्ट्रिय एकता अभियान’ हुने भएको छ। पार्टीमा ६८ जना केन्द्रीय सदस्य रहने भएका छन्। गौतमको संयोजकत्वमा घोषणा हुने पार्टीको सचिव डीबी कार्कीलाई तोकिएको छ। उक्त पार्टी प्रचार संयोजक निमकान्त पाण्डे रहेका छन्। मंगलबार दिउँसो तीन बजे पार्टी घोषणा तय गरिएको छ।

पार्टीले कम्युनिस्ट दलहरुलाई एकताका लागि पहल गर्ने बताइएको छ। नेकपा फुटेर एमाले र माओवादी केन्द्र ब्युँतिएपनि गौतम भने स्वतन्त्र रहेका थिए। स्वतन्त्र रुपमा एकताका लागि पहल गरिरहेका गौतमले त्यसरी सम्भव नभएपछि पार्टी नै गठन गरेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत