शुक्रबार, भदौ २८, २०८१

डाक्टरको नाक फुटाउने ट्राफिक प्रहरीलाई कारबाहीको माग


कान्तिपथ


ललितपुरमा ट्राफिक प्रहरीले एक जना चिकित्सकको नाकमा हिर्काएर दुर्व्यवहार गरेका छन् । ललितपुर महानगरपालिका–१३, कुसुन्तीमा चिकित्सकमाथि प्रहरीबाट आक्रमण भएको हो ।

आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत चिकित्सक कुलबहादुर घिसिङलाई एक जना ट्राफिक प्रहरीले नाक फुट्ने गरी कुटेका हुन् । ड्युटी सकेर घर फर्किने क्रममा प्रहरी जवान राजेन्द्र थापाले निर्घात कुटपिट गरी घाइते बनाएको कुलबहादुरको आरोप छ ।

घिसिङ र उनका आफन्तले आक्रमणमा संलग्न ट्राफिक प्रहरीलाई कारबाहीको माग गरेका छन् । साथै, उनीहरुले उपचार खर्च दिलाउन पनि आग्रह गरेका छन् ।

पैदल हिँडिरहेका बेला बिना कुनै कसुर हातपात गरेको उनले बताए । आफू चिकित्सक रहेको परिचयपत्र देखाउँदा पनि रगताम्य हुने गरी कुटपिट गरिएको उनको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत