सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जाल (Non Aligned Movement Parliamentary Network ) को सम्मेलनमा सहभागी हुन मंगलबार अजरबैजानका लागि प्रस्थान गरेका छन्।
यहि असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार विहान सवा ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।