परिवार कै ४ जना केन्द्रिय सदस्य राखेर बाम एकता गर्न निस्किए बामदेव !


कान्तिपथ


वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गरिएको हो। नेकपा राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका नेता गौतमले पाँच ओटा दलसँग मिलेर नयाँ दल गठन गर्ने भएका हुन्। पार्टीको संयोजकमा गौतम, सचिवमा डीबी कार्की, प्रचार विभागमा नीमकान्त पाण्डे लगायत रहेका छन्।

राष्ट्रिय सभाका सांसद रहेका गौतमले कम्युनिष्ट दलहरूलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन्। सर्वोच्च अदालतले नेकपा विघटन गरेर एकता गरेका दुई दललाई पुरानै स्वरूपमा फर्काइदिएपछि उनी तटस्थ रहँदै आएका थिए।

उनले गठन गर्न लागेको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय सदस्य रहने जनाइएको छ। जहाँ उनकी पत्नी तुलसा थापा गौतम र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन्।

उक्त केन्द्रीय सदस्यहरूको सूचीको पहिलो नम्बरमा वामदेव गौतम छन् भने उनकी श्रीमती तुलसालाई दोस्रो नम्बरमा राखिएको छ। वामदेवले आफ्नो ठेगाना ललितपुर राखेका छन् भने श्रीमतीको बर्दिया राखेका छन्। छोरा हरिषदेवलाई भने वामदेवले पाँचौं नम्बरमा राखेका छन्। केन्द्रीय सदस्यको सूचीमा बर्दियाका मात्र पाँच जना छन्। संयोजक गौतमका पिए दिपकुमार टमाटा केन्द्रीय सदस्यको सूचीमा छैटौँ नम्बरमा पर्न सफल भएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत