• गृहपृष्‍ठ
  • समाज
  • फेवातालको मापदण्ड ३० मिटर कायम गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

फेवातालको मापदण्ड ३० मिटर कायम गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


कान्तिपथ


फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

फेवाताल वरिपरि ६५ मिटर भित्र पर्ने संरचना हटाएर तालको क्षेत्रफल कायम गर्ने मापदण्डलाई घटाएर पोखरा महानगरपालिकाले स्थानीय तहको निर्वाचनको मुखमा (२०७८ चैतमा) ३० मिटर कायम गर्ने निर्णय गरेको थियो।

तत्कालीन मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको आदेशात्मक फैसला, फेवाताल सीमांकन तथा नक्सांकन समितिको निर्देशन र सात तालको अध्ययन प्रतिवेदनलाई आधार मान्दै फेवातालको मापदण्ड ३० मिटर तोकेको थियो।

सर्वोच्चले भनेअनुसार ६५ मिटर क्षेत्रभित्र पर्ने संरचना भत्काउँदा व्यवसायी कर्ण शाक्यको वाटरफ्रन्ट रिर्सोटसहित अन्य संरचना पनि हटाउनुपर्ने थियो। पछि व्यापारीहरु चलखेलमा पोखरा महानगरपालिकाका तत्कालीन मेयरसहित जनप्रतिनिधिले ६५ मिटरको मापदण्डलाई घटाएर ३० मिटर निर्धारण गर्ने निर्णय गरेको आरोप लागेको थियो।

न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले मापदण्ड घटाउने निर्णय कानुनसम्मत नदेखिएको भन्दै तत्काल कार्यान्वयन नगर्न भनेको हो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत