शनिबार, बैशाख १३, २०८२

झापामा साउन पहिलो साताभित्र रोपाइँ सकिने


कान्तिपथ



धान खेतीका लागि उर्वरभूमि मानिने झापामा १८ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले समयमै वर्सात सुरु भए पनि किसानले मल नपाएका कारण हालसम्ममा १८ प्रतिशत मात्र रोपाइँ भएको बताउनुभयो ।

झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । त्यसमा ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोला लगायतका सिँचाइ आयोजना छन् । धान दिवसका अवसरमा केन्द्रले आज कमल गाउँपालिका–७ स्थित लखनपुर साना किसान सहकारी संस्थाको जमिनमा सामूहिक रोपाइँ कार्यक्रम गरिरहेको छ ।

“मल नपाए पनि किसानले अब धमाधम रोपाइँ गरिरहनुभएको छ, सायद साउन पहिलो हप्तासम्ममा जिल्लामा रोपाइँ सकिन्छ होला”, विष्टले भन्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत