राेशन रिमाल, काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विधान पक्षधरहरुले राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छन्।
पञ्चा सिंहको नेतृत्वमा रहेको कमिटीले कार्कीसहित ८ जनालाई कारबाही गरेको थियो। कारबाही भोगेका कार्कीसहित ८ जनालाई मंचमा अथितिको रुपमा राखिएको थियो भने अन्य केन्द्रिय सदस्य, आयोगका सदस्य, प्रदेश पदाधिकारीहरु अघिल्लो भागमा थिए ।
कार्यक्रममा सहिद परिवारको तर्फबाट प्रतिक कार्कीले कार्यक्रमको अध्यक्षता गरेका थिए भने सहिद परिवार कै तर्फबाट जेविन सर्वहाराले स्वागत तथा शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन विराज थापाले गरेका थिए । राजधानीका विभिन्न क्याम्पसको तर्फबाट मन्तब्य, बसन्ता भण्डारीले दस्तावेज वाचन गरेकी थिइन् ।
समितिको संयोजक कार्की आफैँ रहेका छन्। आयोजक समितिमा विधान सम्मेलनले पास गरेको १९९ जना सदस्य रहनेछन्। त्यस्तै, केन्द्रीय कार्यालय र विभिन्न विभागहरुको समेत टुंगो लाग्ने एक सदस्यले जानकारी दिए।
गत असोज १४ गते भएको अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा विवाद भएपछि पञ्चा सिंहलाई अध्यक्ष चयन गरिएको थियो। त्यसपछि वैशाखमा बसेको भर्चुअल बैठकबाट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी चयन गरिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ