आइतवार, अशोज ९, २०७९

प्रचण्डले भोलि पदाधिकारी प्रस्ताव गर्ने: मतदान भने नहुने !


कान्तिपथ


नेकपा माओवादी केन्द्रले पदाधिकारी, स्थायी र पोलिटब्युराे चयन गर्ने भएको छ। मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकमा पदाधिकारी चयन गर्ने निर्णय गरिएको हो।

गत पुसमा आठौँ राष्ट्रिय महाधिवेशन गरेको माओवादीको अध्यक्षबाहेकका पदाधिकारी चयन हुन सकेको छैन। १९ असारदेखि जारी तेस्रो केन्द्रीय समिति बैठकमा पदाधिकारी, स्थायी र पोलिटब्युराे चयन गर्नुपर्ने माग उठेपछि अध्यक्ष प्रचण्डले बैठक रोकेर कार्यालयको विस्तारित बैठक राखेका थिए।

माओवादी केन्द्रको २२ असारमा फेरि केन्द्रीय समिति बैठक बस्दै छ। त्यही बैठकमा प्रचण्डले पदाधिकारी, स्थायी र पाेलिटब्युराे प्रस्ताव गर्नेछन्। माओवादी केन्द्रमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी गर्ने व्यवस्था छ।

प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् । बहुमत सदस्यले पदाधिकारी समेत टुंग्याउनुपर्ने मत राखेपछि अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेको एक नेताले जानकारी दिए । एक पूर्व स्थायी समिति सदस्यले बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत