मङ्लबार, मंसिर २५, २०८१

हत्यामा संलग्न चार जनालाई आजीवन कारवास


कान्तिपथ


जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालार्ई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो । विसं २०७८ भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँच जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसद गौतमले जानकारी दिनुभयो । हत्यामा संलग्न मादी –१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवास र १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको श्रेस्तेदार गौतमले बताउनुभयो । जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा चार जनाले रु दुई, दुई लाख क्षतिपूर्ति र पीडित राहत कोषमा रकमसमेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत सङ्खुवासभाले जनाएको छ । उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्ति हुन् । जिल्ला प्रहरी सङ्खुवासभाले पनि चार जनाविरुद्ध आजीवन कारवास सजाय माग दाबी गरेको थियो । गत २०७८ भदौ २१ उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षका विपीन र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्यामा संलग्न भएका १७ वर्षीय नरेशलाई बाल सुधारगृह भक्तपुर र अन्य चार जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत