दोलखाको बैतेश्वर गाउँपालिकामा अवैध ढुंगा खानी संचालनमा रहेको भन्दै खानी तथा भुगर्भ विभागमा उजुरी उपर कारबाही भएको छ । सम्पूर्ण सरोकारवालाको तर्फबाट भन्दै एक स्थानीयले विभागमा उजुरी गरेका थिए । खानी तथा भुगर्भ विभागले दोलखामा कुनै पनि खानी संचालनका लागि अनुमति नभएको भन्दै बन्द गर्न जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिएको छ । यस्तै खानी विभागले ढुंगा खानी बन्द गर्नका लागि बैतेश्वर गाउँपालिकालाई पनि पत्र लेखेको छ ।
यस सम्बन्धी कान्तिपथले प्रकाशित गरेका समाचार:
बैतेश्वरमा बेथिति: बिना दर्ता करोडौंको ढुङ्गा खानी: बस्ति जोखिममा, २१ रोपनी जग्गा पहिरो कुर्दै !
बैतेश्वरमा जनप्रतिनिधिले चलाएको अवैध ढुङ्गा खानी बन्द गर्न खानी विभागमा उजुरी !
बैतेश्वर गाउँपालिकाको वडा नं ३ स्थित दोभानेमा जनप्रतिनिधि कै मिलेमतोमा करोडौंको ढुंगा खानी अवैध रुपमा संचालनमा रहेको भन्दै कान्तिपथले समाचार प्रकाशित गरेको थियो । उक्त ढुंगा खानीका संचालक विष्णुबहादुर दाहाल, सोमबहादुर दाहाल, सम्बर बहादुर तामाङ्ग, विक्रम तामाङ्ग, धिरेन तामाङ्ग, किरण तामाङ्ग लगायत रहेको स्थानीयले दिएको उजुरीमा भनिएको छ । कान्तिपथलाई प्राप्त उजुरी निवेदन अनुसार दर्ता नं ५७५८ रहेको छ । खानी बिभागले कुनै प्रक्रिया नबढाए अख्तियारमा समेत उजुरी दिने स्थानीयले बताएका छन् ।
हेर्नुहोस निवेदन र पत्राचार:
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ