मङ्लबार, मंसिर १८, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • मुसाको जिउमा अर्थमन्त्रीको मुख हालेर एमाले निकट युवासंघले माग्यो राजिनामा

मुसाको जिउमा अर्थमन्त्रीको मुख हालेर एमाले निकट युवासंघले माग्यो राजिनामा


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युवा संघले प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग गरेका छन् । अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्‍मा पनि त्यसको सीसीटीभी फुटेज हेर्न माग गरिएको छ । साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दलका केही नेताहरूले पनि उनको राजीनामा माग गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा अनाधिकृत मानिसलाई सहभागी गराएकोबारे कुरा उठेको छ। मंगलबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका पूर्वस्थायी कमिटी सदस्य र प्रदेश इन्चार्जको बैठक बसेको थियो।

उक्त बैठकमा शर्माले अनाधिकृत मानिसलाई बजेट बनाउन सहभागी गराएको र उक्त दिनको सिसिटिभी फुटेज माग्दा डिलिट भइसकेको जवाफ दिएकोबारे केही नेताहरूले कुरा उठाएका थिए। आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ। मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनु पर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने माग चौतर्फी उठिरहेको छ। Photo: Kantipur



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत