मङ्लबार, अशोज ११, २०७९

नारायणकाजीले ‘ताकेको’ वरिष्ठ उपाध्यक्षमा मात्रिकाको पनि दाबी


कान्तिपथ


नेकपा माओवादी केन्द्रले चुनाव नगरी पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो चयन गर्ने भएको छ। आकांक्षी धेरै भएपछि चुनावमा जानुपर्ने माग उठेपनि चुनाव नगर्ने सहमति बनेको हो। मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले निर्वाचन नगरी सहमतीय आधारमा नाम चयन गर्ने समझदारी बनाएको हो।

एउटै एजेण्डामा विहान ९ बजेदेखि पौने एक बजेसम्म बसेको बैठकमा पदाधिकारी चयनका लागि चुनाव नगर्ने समझदारी बनाएको एक नेताले बताए। अध्यक्ष प्रचण्डले सुरुमा पदाधिकारीदेखि स्थायी र पोलिटब्युरो चयनका विषयमा धारणा मागेका थिए।

त्यसपछि कार्यालयका सदस्यहरुले सुझावसहित आफ्नो दाबी पेश गरेका थिए। बैठकमा जनार्दन शर्मा, मात्रिका यादव, वर्षमान पुनले पदाधिकारीमा इच्छा रहेको बताएका थिए। शर्मा र पुनको दाबी महासचिवमा छ भने यादवले वरिष्ठ उपाध्यक्ष दाबी गरेका छन्।

नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्षका स्वाभाविक दाबेदार हुन्। श्रेष्ठसँग अन्तर्विरोध राख्दै आएका यादवले आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दाबी अघि सारेका हुन्। माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी रहने व्यवस्था छ।

वरिष्ठ उपाध्यक्ष पदमा नारायणकाजी श्रेष्ठ, मात्रिका यादव र कृष्णबहादुर महराले दाबी गरेका छन्। यसअघि नारायणकाजीले आफ्नो स्वभाविक दाबी वरिष्ठ उपाध्यक्षमा रहेको बताउँदै आएका थिए। मंगलबारको बैठकमा नारायणकाजीसँग अन्तर्विरोध राख्दै आएका यादवले सुरुमा आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दाबी अघि सारेका हुन्। त्यसपछि महराले पनि आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दाबी गरेका थिए। यससँगै वरिष्ठ उपाध्यक्ष पदका लागि श्रेष्ठ, महरा र यादवबीच दौड सुरु भएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत