शनिबार, मंसिर २९, २०८१

कोटेश्वर–जडीबुटी सडक खण्डमा वृक्षारोपण सम्पन्न


कान्तिपथ


भर्खरै विस्तार गरिएको कोटेश्वर–जडीबुटी सडक खण्डको बीच भागमा वृक्षारोपण सम्पन्न भएको छ। जडिबुटीको पेट्रोल पम्पदेखि कोटेश्वर चोकसम्मको खण्डमा वृक्षारोपण गरिएको हो।

डिभिजन सडक कार्यालय काठमाडौंको अग्रसरतामा भएको वृक्षारोपण कार्यक्रममा क्षेत्रिय निर्देशक डा. विजय जैशी, डिभिजन प्रमुख नारायण निउरे, इन्जिनियरहरु सुप्रिम चुडाल, तुलाकान्त चौधरी, सुनीत केसी, हरि ठकुरी लगायत सहभागी थिए।

विभिन्न प्रजातिका बिरुवा रोपेर जडिबुटीको पर्यावरण संरक्षण र बायु प्रदुषण न्यूनीकरणमा एउटा इट्टा थप्ने काम भएको कार्यक्रममा सहभागी निर्माण व्यवसायी तथा समाजसेवी अमर श्रेष्ठले बताए । श्रेष्ठको विशेष सक्रियतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रमको त्यहाँ स्थित् टोल सुधार समितिहरु, स्थानीय क्लब र जनताले उच्च प्रशंसा गरेका छन् ।

काठमाडौं उपत्यका भित्रने एक प्रमुख नाकाको रूपमा यो सडक रहेको छ। खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिनका लागि यही नाका प्रयोग हुन्छ।

अरनिको, मध्यपहाडी, बीपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घण्टौं जाम हुने गरेको छ। बढ्दो सवारी चाप र प्रदुषणको वातावरणबीच हरियाली प्रवर्धनले मानिसमा केहि राहत महसुस हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत