आइतवार, फाल्गुन ४, २०८१

अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय छानबिनमा ल्याउन कांग्रेस उपसभापतिको माग


कान्तिपथ


सत्तारुढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने बताएका छन्।

अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेका छन्। उनको राजीनामा माग भइरहेको छ। यसै सन्दर्भमा कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्माको नाम नलिईकन उनीबारे लागेका आरोपबारे यथार्थ कुरा सार्वजनिक गर्न माग गरेका हुन्।

‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ’, उपसभापति खड्काले बुधबार बिहान ट्विट गरेका छन्, ‘विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुंगो लगाऊँ।’

यसअघि नेपाली कांग्रेसकै महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत