पार्टी पदाधिकारीबारे निर्णय लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहानैदेखि छलफलमा जुटेका छन्। प्रचण्डले खुमलटारस्थित निवासमा पूर्वस्थायी समिति नेताहरुसँग छलफल गरिरहेका छन्।
‘पूर्वस्थायी समितिका नेताहरुको छलफल अहिले अध्यक्षको निवासमा बसिरहेको छ,’ सचिवालयका एक सदस्यले भने। यसअघि मंगलबार पनि अध्यक्ष दाहालले आफ्नो निवासमा नेताहरुसँग छलफल गरेका थिए।
उक्त छलफलमा आज बुधबार बस्ने केन्द्रीय समितिको बैठकमा पदाधिकारी र स्थायी समिति घोषणा गर्ने निर्णय गर्दै त्यसको जिम्मा प्रचण्डलाई दिइएको थियो।
माओवादीका एक नेताका अनुसार अध्यक्ष दाहालले बुधबार पदाधिकारी र स्थायी समितिको नाम केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी गरेका छन्। त्यसअघि उनले पूर्वस्थायी समितिका नेताहरुसँग छलफल गरिरहेका हुन्।
मंगलबार स्थगित भएर बुधबारका लागि तोकिएको केन्द्रीय समितिको बैठक बस्दैछ। ती नेताका अनुसार बुधबारको बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको पनि जवाफ दिने कार्यक्रम रहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ