आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • एकैपटक फाईल खोल्दै प्रचण्ड: यी हुन् वरिष्ठ उपाध्यक्ष र महासचिवका दाबेदार !

एकैपटक फाईल खोल्दै प्रचण्ड: यी हुन् वरिष्ठ उपाध्यक्ष र महासचिवका दाबेदार !


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने भएका छन्। पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोका सदस्यहरुको नाम प्रचण्डले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने भएका हुन्। यस विषयमा बुधबार बिहान प्रचण्डको निवास खुमलटारमा छलफल भएको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार आजको छलफलमा पनि प्रचण्डले पदाधिकारीबारे केही संकेत दिएका छैनन्। ‘म आज पेस गर्छु, तपाईंहरुले समर्थन गर्नुहोला,’ उनले भने। आकांक्षीहरु धेरै हुँदा अध्यक्ष प्रचण्डलाई पदाधिकारी टुंगो लगाउन सकस परेको छ। मंगलबार बस्ने भनिको केन्द्रीय कमिटी बैठक नै स्थगन गरेर प्रचण्ड पदाधिकारी चयनका लागि आन्तरिक गृहकार्यमा जुटेका थिए।

मंगलबारको बैठकमा प्रचण्डले ‘चर्चामा नभएका अनुहारलाई महासचिवमा ल्याउने कि’ भन्ने प्रस्तावसमेत राखेका थिए। वरिष्ठ उपाध्यक्षका लागि ३ नेताले दाबी गरेका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, मात्रिका यादव र कृष्णबहादुर महराको दाबी छ ।

महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेका छन्। जनार्दन र वर्षमान दुवैलाई नचिढ्याइ पदाधिकारी टुंग्याउने तयारीमा प्रचण्ड छन्। यसअघि हिजो पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियाे । पार्टीको केन्द्रीय समिति बैठक पनि आजै बस्दैछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत