बिहिबार, मंसिर १४, २०८०

‘बालश्रममुक्त घर’ अभियान


कान्तिपथ



विराटनगर महानगरपालिकाले आजदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ ।

विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको घरबाट सुरु भएको यो अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य वडामा पनि अभियान विस्तार हुने बताइएको छ ।

अभियानमा लाग्ने २८ सर्वेक्षकलाई तालिम पनि दिएको महानगर सामाजिक महाशाखाले जनाएको छ । सर्वेक्षकले १५ वर्षमुनिका बालबालिको अवस्था पत्ता लगाउने र १२ वर्षमुनिका बालबालिका विद्यालय जान्छन कि जाँदैनन् पत्ता लगाउने रहेकोे छ ।

अभियानको शुभारम्भ गर्दै महानगर प्रमुख नागेश कोइराला विगत १३ वर्षअघि बालमैत्री नगर घोषणा भएको महानगरले थालेको यस किसिमको कार्यबाट नागरिकमा सचेतना आउने र आफ्ना बालबालिकालाई पठनपाठनमा लगाउने चेतना वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा महानगरका उपप्रमुख शिल्पा निराला कार्की र वडाध्यक्ष न्यौपाने पनि अभियानका विषयमा बोल्नुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत