मङ्लबार, मंसिर १८, २०८१

ट्रान्सफर्मर पड्किँदा १६६ घर अन्धकारमा


कान्तिपथ



बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् । धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो । ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरु भएको भए पनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

ढिला गरी प्राधिकरणलाई जानकारी प्राप्त भएको र त्यहाँ क्रियाशील सामुदायिक समितिले नै मर्मतको काम गर्नुपर्ने बताएको वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो । वर्षासँगै आएको बाढी, पहिरो र चट्याङले ट्रान्सफर्मर र प्रसारण लाइनका कैयौँ पोलहरुमा समेत क्षति पु¥याएको छ । त्यस्तै चट्याङले बागलुङको ताराखोला गाउँपालिकामा १३ वटा पशुचौपाया मारेको छ ।

कुखुरा फार्ममा बाढी

बागलुङ नगरपािलका–३ नुवारा खहरे कुखुरा फार्ममा मङ्गलबारदेखि परेको अविरल वर्षाले कुखुरा फार्ममा क्षति पु¥याएको छ ।

खहरेमा रहेको गङ्गा कृषि तथा पशुपन्छी फार्ममा सडकको भल पस्दा ३५० कुखुराका चल्ला मरेका फार्मका सञ्चालक गङ्गा कार्कीले जानकारी दिनुभयो । “५०० चल्ला हालेको एक हप्ता भएको थियो,” कार्कीले भन्नुभयो, “मध्यपहाडी लोकमार्गको भल बढेर शाखा सडक हुँदै फार्ममा पसेर कुखुराका चल्ला मरेको हो ।” उहाँले कुखुराको चल्ला र फार्म गरी झन्डै ५० हजार बराबरको क्षति पु¥याएको छ भन्नुभयो । यस्तै नुवारास्थित राजीव केसीको कृषि तथा पशु फार्ममा समेत भल पसेर क्षति पु¥याएको छ । केसीको दुईवटा टमाटर सहितका टनेलमा क्षति पु¥याउँदा एक लाख ५० हजारभन्दा बढीको क्षति भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत