बिहिबार, माघ ३, २०८१

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय समिति


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय समिति बनाउन दलहरु बिच सहमति जुटेको छ । बुधबार बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको र एमालेले समितिमा को–को पठाउनेबारे छलफल भइरहेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सो समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली काँग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य राख्ने सहमति भएको हो ।

दलहरुले समिति सदस्य तोकेपछि सभामुखले सभामा प्रस्तुत गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी एमालेले गत असार १४ गते बेलुकाको अर्थमन्त्रालयको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत