शनिबार, मंसिर २२, २०८१

बाजुराको बुढीगंगामा मतदान जारी


कान्तिपथ


स्थानीय तहको निर्वाचनअन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार मतदान भइरहेको छ। बुढीगंगा नगरपालिकाको नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि चुनाव भइरहेको हो। नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता छन्।

१० वटै वडाका १९ मतदान केन्द्रमा मतदान भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए। त्यहाँ सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको छ।

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ९५ जना कर्मचारी खटाइएका छन्। गत वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान स्थगन गरिएको थियो।

विवादपछि पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो। ३० वैशाखमा मतदानका क्रममा सुरक्षा कमजोरी गरेको भन्दै सिडिओ, नेपाल प्रहरी र शसस्त्र प्रहरीका डीएसपीलाई हटाइएको थियो। बुढीगंगा नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत