सोमवार, मंसिर १८, २०८०

केन्द्रिय सदस्यका जिज्ञासा र प्रस्तावमाथि प्रष्टीकरण दिंदै प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि छ ।

माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली आजको बैठकमा प्रस्तुत गर्ने बताए । ‘आज पदाधिकारीसहित सबै टुंगो लाग्छ,’ शाहले भने, ‘हामीले अध्यक्षजीलाई तपाईं नामावली ल्याउनुस् हाम्रो साथ समर्थन रहन्छ भनेका छौं, उहाँले आज ल्याउनुहुन्छ ।’

गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।

यसपटक प्रचण्डले जसरी पनि पदाधिकारी चयन गर्ने माओवादीका नेताहरु बताउँछन्। माओवादीको पदाधिकारीमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहाचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने विधान छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत