नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिन पर्नुको कारण र परिस्थितिबारे केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गरेका छन् । बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकको सुरुमै अर्थमन्त्री प्रकरणबारे ब्रिफिङ गर्दै प्रचण्डले राजीनामा दिएर पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको बताए ।
उनले राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने तथा सरकार र गठबन्धनलाई नै अप्ठ्यारो पार्ने षड्यन्त्र भएको बताए । सोही षडयन्त्रलाई चिर्न पनि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गरिएको प्रचण्डले बताए ।
प्रचण्डले प्रश्न उठेपछि त्यसलाई महत्त्व दिँदै छानबिनमा सघाएको बताए । तर, माओवादीको राजनीतिक लोकप्रियतालाई कमजोर पार्ने प्रयासका रुपमा विषयलाई अनावश्यक रुपमा उचाल्ने काम भएको प्रचण्डको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ