नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको मुख्य मोर्चा सडक नै भएको बताएका छन् । पार्टी बनाउने हो भने सडक, सदन र सरकार तीनै मोर्चाबाट पहलकदमी लिनुपर्ने भएपछि क्रान्तिकारीका लागि प्रमुख र निर्णायक मोर्चा भने सडक नै भएको उनको भनाइ छ ।
‘हामीले सडक छाड्न मिल्दैन । तीन वटै मोर्चाबाट लडाइ लड्नुपर्छ’, प्रचण्डले भने, ‘तर क्रान्तिकारीका लागि मुख्य मोर्चा भनेको सडक नै हो । सडककै बलबाट निर्वाचन प्रणालीलाई समाजवाद उन्मुख बनाउनुपर्छ । शासकीय स्वरूपलाई पनि समाजवादउन्मुख बनाउनुपर्छ ।’
प्रचण्डले संविधान र संघीयता रक्षाका लागि सडकमा जानुपर्ने अवस्था देखिन थालेको बताएका छन् । “जतिबेला सडकमा हुन्छौं हामी विजयी हुन्छौं । हामीसँग जनता हुन्छन्,” उनले भने, “निर्वाचन प्रणालीको सुधारका लागि आन्दोलन गर्नुछ । अब हामी एउटा फेरि नयाँ आन्दोलनको तयारीमा जादैछौं ।”
अध्यक्ष प्रचण्डले पार्टी दिनप्रतिदिन विचलित हुँदै जाने र टुक्रने खतरा भएको भन्दै ‘क्रान्ति हाम्रै पालामा सम्भव छ’ भन्ने विश्वास दिलाउन सक्नु अहिलेको आवश्यक्ता भएको बताए । “सानै टिम भए पनि १० वर्षमा देखेको हो नि । हाम्रै जीवनकालमा समाजवादी क्रान्ति सम्भव छ,” उनले भने ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ