मङ्लबार, अशोज ११, २०७९

सबै मन्त्री ७ दिनभित्र प्रगति विवरण लिएर हेडक्वार्टर आउनुस: प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई सात दिनभित्र प्रगति विवरण पार्टी हेडक्वार्टरमा पठाउन निर्देशन दिएका छन्।

उनले गठबन्धन सरकारमा माओवादीबाट मन्त्री भएकाहरुले कयौँ राम्रा काम गरेको बताउँदै तिनको विवरण पठाउन निर्देशन दिएका हुन्।

दाहालले ऊर्जा मन्त्रालयले कयौँ गरिबलाई बिजुली नि:शुल्क गरेको पनि बताए। त्यसैगरी भूमि व्यवस्था मन्त्रालयले सयौँ भूमिहीनलाई लालपुर्जा दिएको पनि उल्लेख गरे।

‘अर्थमन्त्रालयले कृषिमा आधारित अनुदान कार्यक्रम ल्याएको छ। यी सबैलाई जनताबीच लैजानुपर्यो’, उनले भने, ‘खाली नेगेटिभ कुरा मात्रै भए। त्यसैले हाम्रा काम जनतामाझ लगेर अब स्थापित गर्छौँ।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत