मङ्लबार, मंसिर १८, २०८१

पदाधिकारी टुंगो लगाउन होमवर्क नपुगेको भन्दै प्रचण्डले मागे थप समय


कान्तिपथ


नेकपा माओवादी केन्द्रले छिट्टै पदाधिकारीको टुंगो लगाउने जनाएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै पदाधिकारी पनि टुंग्याउने जानकारी दिएका हुन् । प्रचण्डले दुई चार दिनभित्रै आवश्यक होमवर्क गरेर पदाधिकारीमा रहनेको नाम टुंगो लगाउने जानकारी गराएका छन् ।

माओवादीको केन्द्रीय समिति बैठकमा छिट्टै पदाधिकारी टुंगो लगाउन नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए । सोही अनुसार प्रचण्डले दुई दिनसम्म नेताहरुसँग आन्तरिक छलफल पनि गरेका थिए । अझै सहमति नजुटिसकेकाले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लाग्न नसकेको बताइएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो भने गठन गरिसकेको छ। माओवादीको स्थायी कमिटी ४१ र पोलिटब्युरो १५६ सदस्यीय बनेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत