शुक्रबार, अशोज २१, २०७९

महानगरको बजेटमा यमबुद्धको सालिक बन्ने


कान्तिपथ


काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्न बजेट छुट्याउने भएको छ । महानगरपालिका स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटमा करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप’ गायनको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागिएको जनाएको छ ।

मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले र्‍यापर यमबुद्धले नेपालको हिपहप गायनलाई अन्तरास्ट्रिय स्तरमा परिचित बनाउन योगदान दिएकोले उनको सम्मान स्वरूप सालिक बनाउने बताएका छन् । तर हाल सम्म सालिक कहाँ स्थापना गर्ने भन्ने स्थान तय भइनसकेको बुझिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत