शुक्रबार, मंसिर १५, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • नेकपा (माओवादी केन्द्र ) चनखु – काठमाडौं सम्पर्क समन्वय समितीको पहिलो बैठक सम्पन्न

नेकपा (माओवादी केन्द्र ) चनखु – काठमाडौं सम्पर्क समन्वय समितीको पहिलो बैठक सम्पन्न


कान्तिपथ


नेकपा (माओवादी केन्द्र ) रामेछाप – काठमाडौं सम्पर्क समन्वय समिती अन्तर्गत मन्थली नगरपालिका वडा न १० चनखु – काठमाडौं सम्पर्क समन्वय समितीको प्रमाण पत्र तथा प्रशिक्षण कार्यक्रम केन्द्रिय कार्यालय पेरिस डाडामा समापन भएको छ। कार्यक्रममा पोलिट ब्यूरो सदस्य तथा पूर्वी कमान्ड सचिव युवा नेता युवराज चौलागाईंको प्रमुख अतिथि,र बिशिस्ट अतिथिमा रामेछाप – काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष कर्णखर चौलागाईं , मन्थली नगर पार्टी अध्यक्ष शंकर बोहरा (निर्मल ) र मन्थली – काठमाडौं समन्वय समितिको अध्यक्ष जक्त श्रेष्ठ,अन्य नगर सदस्य, YCL केन्द्रिय सदस्य प्रदिप बोहोरा र जिल्ला सदस्यको उपस्थितमा कार्यक्रम समापन गरिएको छ ।

कार्यक्रमको अध्यक्षता बिनोद कुमार बोहोरा ( सिताराम) ले गर्नु भएको थियो । कार्यक्रममा चनखु – काठमाडौं सम्पर्क समन्वय समितीका पदाधिकारी र सदस्यहरुलाइ प्रमाण पत्र वितरण गरिएको थियो । सम्मेलनबाट चनखु – काठमाडौं सम्पर्क समन्वय समितीको रिक्त पदाधिकारी, सदस्य र सल्लाहकारहरु लाई प्रमाण पत्र वितरण र प्रशिक्षण दिइएको थियो । सम्मेलनबाट चनखु – काठमाडौं सम्पर्क समन्वय समितीको पदाधिकारीको टुंगो लगेको छ र समितीले पूर्णत पाएको छ ।

सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको नामावली ; अध्यक्ष : बिनोद कुमार बोहोरा (सिताराम)
उपाध्यक्ष :सुदिप बोहोरा
उपाध्यक्ष :सागर तामाङ
सचिव :राम कुमार थापा
सह-सचिव:इन्द्र कुमार बोहोरा
सह-सचिव : निरु पन्थ
सह-सचिव : बिजय आछामी
कोषाध्यक्ष : अम्बिका बुढाथोकी बोहोरा

सदस्यहरु ; मनोज बोहोरा ,नविन कार्की ,कुबेर बोहोरा ,ईश्वर कार्की ,देवराज कार्की ,कुमार बुढाथोकी ,सिवराम बोहोरा ,स्वोस्तिमा तामाङ ,दिनेश थापा ,रामहरी बोहोरा ,निर्मल बोहोरा सहित १९ कमिटीको टुंगो लागेको छ र त्यस्तै गरि YCL संयोजक प्रविन कार्की , यातायात संयोजक कमल बोहोरा, जनसंस्कृतिक संयोजक कृष्ण चौहान र पेसागत बिभागमा कुमार चौहान रहेको छन भने सबै बिभागमा अन्य २० सदस्य पनि रेहेका छन ।

चनखु – काठमाडौं सम्पर्क समन्वय समिती अन्तर्गत धुर्ब कार्की र शिबराम बोहोरा सहित अन्य १० जना सल्लाहकारमा रहेका छन भने चनखु – काठमाडौं सम्पर्क समन्वय समितीको ४९ सदस्यको टिम बनेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत