सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीले चियाबिस्कुट र चाउचाउका लागि समेत ‘तोक’ लगाएको खुलेको छ। प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले चियाबिस्कुट र चाउचाउका लागि कागजमा आफ्नो हस्ताक्षरसहित ‘तोक’ लगाएको खुलेको हो।
उनले ‘तोक’ लगाएको चिट अहिले सार्वजनिक भएको छ। कार्की चिया नास्ता पसललाई काटिएको उक्त चिटमा राज्यमन्त्री साउदले २५ पिस चाउचाउ, ४८ पिस बिस्कुट र पाँच कप चिया उल्लेख गरिएको छ।
१२ असारमा मिति राखिएको उक्त चिटमा अर्थराज्यमन्त्री साउदको नाम अंकित छापसहित हस्ताक्षर समेत छ। मन्त्रीले चियाका लागि समेत आफ्नो छाप प्रयोग गरेर चिट काटिएको भन्दै अहिले विरोध भैरहेको छ।
चिट सार्वजनिक भएपछि एक जनाले सामाजिक संजालमा लेखेका छन्, ‘राजकाजको संस्कार नपाएका मन्त्रीहरू यस्ता हुन्छन्।
५ कप चियाका लागि आफै तोक लगाउछन्- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले ५ कप चियाका लागि आफ्नो हस्ताक्षरसहित ‘तोक’ लगाएको चिट सार्वजनिक भएको छ। मन्त्रीले चिया, बिस्कुट र चाउचाउका लागि खाली कागजमा ‘तोक’ लगाएका हुन् ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ