बिहिबार, मंसिर २०, २०८१

प्रदेशस्तरी योजना तर्जुमा गोष्ठी


कान्तिपथ



संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी पञ्चवर्षीय योजनातर्जुमाका लागि बागमती प्रदेशस्तरीय परामर्श गोष्ठी आज हेटाँैडामा सम्पन्न भएको छ । गोष्ठीमा सन् २०२३ देखि २०२७ सम्म हुने पञ्चवर्षीय संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी प्रस्तुतीकरण गर्नुका साथै त्यसको जानकारी गराइएको थियो ।

कार्यक्रमको उद्देश्य नेपालमा संयुक्त राष्ट्रसङ्घीय सहयोगको समन्वयका लागि अल्पकालीन र मध्यकालीन विकासका प्राथमिकता माथि छलफल र परामर्श गर्नका लागि तथा नेपालको विकासमा संयुक्त राष्ट्रसङ्घको रणनीतिक साझेदारीलाई थप सुदृढीकरण गर्नुरहेको छ ।

बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित तथा संयुक्त राष्ट्रसङ्घ नेपालको सहयोगमा गरिएको सो कार्यक्रममा उक्त आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तले समाजवादोन्मुख आर्थिक तथा सामाजिक व्यवस्था हुनुपर्ने र त्यसतर्फ कार्यक्रमले जोड दिनुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घले कुनै पनि कार्यक्रम बनाउँदा सबै पक्षलाई समेटिनेगरी बनाउनुपर्ने सुझाव दिँदै उहाँले सयुक्त राष्ट्रसङ्घले निमार्ण गरेको योजना तथा कार्यक्रम तोकिएका समयमा पूरा गर्नुपर्ने बताउनुभयो ।

आयोगका सदस्य प्रह्लाद लामिछानेले सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमबारे जानकारी दिनुपर्ने उल्लेख गर्दै कार्यक्रम समयमा सम्पन्न गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ नेपालका तेजमाया डङ्गोलले उक्त कार्यक्रमका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत