नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ। सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसअघि १९ असारमा सुनुवाइ भएकोमा मुद्दालाई हेर्दाहेर्दैमा राखेर आज सोमबार पेसी तोकिएको थियो। सोमबार यो मुद्दामा फैसला आउन सक्ने सम्भावना छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ। सर्वोच्चले २३ असारसम्म बहस नोट बुझाउन भनेको थियो। उसले २६ गते पेसी राखेर अन्तिम सुनुवाइ सक्दै फैसला सुनाउने समय तोकेको हो।
केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ। आफूलाई प्रहरी महानिरिक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले उनलाई छोडेर धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ