शनिबार, बैशाख ८, २०८१

हिरोइन बनाइदिन्छु भन्दै भर्खरकी केटिलाई..


कान्तिपथ


भोजपुरी चलचित्रमा हिरोइन बनाइदिने सपना देखाएर १५ वर्षीय बालिकालाई भारत लगेर बेच्ने एक भारतीयसहित नेपालीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरी द्वारा जारी बक्तब्यमा पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालिका-२ स्थाई घर भइ हाल वीरगञ्ज महानगरपालिका-१६ बस्दै आएकी ४० वर्षीय चमेली देवी र भारतको विहार स्थित सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेको बुझिएको छ ।

भारतमा बेचिएकी उक्त १५ बर्षीय बालिकाले दिएको बयानको आधारमा चमेली र रोशन परेका हुन् । चमेली र रोशनले बालिकालाई लामो समय देखि प्रलोभन देखाउने गरेको र गत वर्ष माघ महिनामा भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर भारतको विहार राज्यस्थति पूर्वी चम्पारणको झिटकैया गाउँमा लगेर एक भारतीय नागरिकसँग ३० हजार रुपैयाँमा विक्री गरेको खुल्न आएको छ ।

बालिकाका अनुसार खरिद गरेका भारतीय नागरिकले बालिकालाई जबर्जस्ती विभिन्न वैवाहिक र अन्य कार्यक्रमहरुमा अश्लिल नृत्य गर्न लगाएको र मानसिक यातनासमेत दिन लगाएको गरेको प्रहरीले जनाएको छ । बेचिएको लगभग ५ महिना पछि बालिका त्यहाँबाट मौका छोपी फरार हुन् सफल र भारतबाट नेपाल फर्केर आफ्नो अभिभावकको सम्पर्कमा आएर प्रहरी सम्म पुगेकी थिइन् ।

एक वर्ष अगाडि चिनजान भएको चमेली र रोशन भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर उनीहरुले बालिकालाई भारत लगेर बेचेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले बताए ।

बालिकाको बयानको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले बिहिबार चमेली र रोशनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिए । बालिकालाई भारतमा खरिद गरेका व्यक्ति भने फरार रहेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी कार्य भइरहेको कार्कीले बताए । पक्राउ परेका दुवैमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसूरमा मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत