सोमवार, अशोज १०, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • काङ्ग्रेसका निर्वाचित वडाध्यक्ष यस्तो लाजमर्दो अवस्थामा पक्राउ..

काङ्ग्रेसका निर्वाचित वडाध्यक्ष यस्तो लाजमर्दो अवस्थामा पक्राउ..


कान्तिपथ


धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष सन्तोष राईलाई प्रहरी पक्राउ गरेको छ। २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष राईलाई प्रहरी पक्राउ गरेको हो ।

राईले शुक्रबार एक एक महिलालाई होटलमा लगि बन्धक बनाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए। राईले ती युवतीलाई तेह्रथुमको वसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ।

धनकुटाको हिले घुम्न जाउँ भनि बोलाएर वसन्तपुर पुर्याइ राति होटलमै बन्धक बनाइ राखि बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ। पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल तेह्रथुम भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ। पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ। आरोपित राई नेपाली कांग्रेसबाट उम्मेदवार बनी वडा अध्यक्षमा निर्वाचित भएका थिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत