मङ्लबार, कार्तिक २०, २०८१

बैदेशिक रोजगार: सोचे जस्तो छैन युकेमा मौसमी कामदार भएर जान


कान्तिपथ


प्रत्येक वसन्तयाममा हजारौँ कामदारहरू यूकेमा उत्पादन हुने नरम फलफूल टिप्न पुग्ने गरेका छन्। तर यो पटक भने यसअघि भन्दा टाढाटाढाबाट पनि कामदारहरू पुगेका छन्।

ब्रेक्जिटभन्दा अघि पोल्यान्ड, रुमेनिया र बल्गेरियाबाट धेरैजसो कामदारहरू आउने गरेका थिए।

तर अहिले यूकेका उत्पादकहरूले नेपालीहरूलाई पनि कामदारका रूपमा भर्ती गरेका छन्। नेपाल जस्तै इन्डोनेशिया, मङ्गोलिया, ताजिकिस्तान, काजकस्तान र किर्गिस्तानबाट पनि कामदारहरू यूके पुगेका छन्। कञ्चनपुरका रोहनजंग ठकुरी ८ असारमा बेलायत गए । मौसमी कामदारको रूपमा गएका उनी यूकेको हेरिफोर्डमा स्ट्रबेरी टिप्ने काममा छन् ।

हरेक दिन बिहान ४ बजे उठ्नु अनि ५ बजेदेखि स्ट्रबेरी टिप्न जानु उनको दिनचर्या बनेको छ । दिउँसो एक घण्टाजति विश्राम हुन्छ । कामको चापअनुसार ७ घण्टादेखि १२ घण्टासम्म चल्छ । ‘हामीलाई हरेक दिन टार्गेट दिइन्छ । त्यसैले छिटो गर्न भन्छन् । स्ट्रबेरी पाक्यो माग बढी भयो भने बढी ड्युटी हुन्छ,’ रोहनले भने । ‘नेपालमा एजेण्टले घण्टाको १०.१० पाउण्ड पाइन्छ भनेको थियो । तर,यहाँ आएर त क्रेटको हिसाबले पैसा दिइरहेको छ,’ स्ट्रबेरी टिपाइमा घण्टाको भन्दा पनि क्रेटको हिसाबले पारिश्रमिक दिइन्छ । जबकि नेपालबाट लैजाँदा उनलाई घण्टाको हिसाबले पारिश्रमिक पाउने भनिएको थियो ।

यूकेमा नरम प्रकारका फलफूल उत्पादनमा निरन्तर वृद्धि भइरहेको त्यहाँको उद्योगसम्बन्धी निकायले जनाएको छ। तर सँगसँगै फलफूल खेर जाने दर पनि बढेको छ। बेरीहरू कहिले टिप्ने बेला हुन्छ भनेर अनुमान लगाउन निकै कठिन छ तर जब फल पाक्छ टिप्नका लागि पर्खिने समय हुँदैन। उक्त निकायले गरेको सर्वेक्षणअनुसार कामदारको अभावका कारण फलहरू पाकेर नाश हुने दर पछिल्ला दुई वर्षमा दोबर भएको छ। ब्रिटिश बेरी ग्रोअर्सका अनुसार गत वर्ग ७६ करोड पाउन्डको फलफूल उत्पादन हुँदा करिब तीन करोड ३० लाख बराबरको उत्पादन खेर गएको थियो।

उनी अहिले एक क्रेट स्ट्रबेरी टिपेको ३ पाउण्ड पाउँछन् । कामको चाप अनुसार दिनको २० देखि ३५ क्रेटसम्म स्ट्रबेरी टिप्छन् ।

‘नेपालमा एजेण्टले घण्टाको १०.१० पाउण्ड पाइन्छ भनेको थियो । तर,यहाँ आएर त क्रेटको हिसाबले पैसा दिइरहेको छ,’ यूकेबाट उनले रातोपाटीसँगको कुराकानीमा उनले भने । घण्टाको १०.१० पाउण्ड पाउने भनेपछि दिनमा ८० पाउण्ड भन्दा बढी आम्दानी हुन्छ भन्ने उनको अनुमान थियो । तर,अहिले सरदर ६० पाउण्ड अनि ८० पाउण्ड कहिलेकाहीँ मात्र हुन्छ ।

रोहनले काम गर्ने कम्पनीमा ५० जना नेपाली छन् । ती मध्ये २ जना महिला थिए, एक जना भागेर पोर्चुगल पुगिसकिन् ।

नेपालीबाहेक उक्त कम्पनीमा युक्रेन, बुल्गेपरया,रुस लगायतका १६० जना विदेशी कामदार छन् । रोहनले १५ दिनको ७ सय पाउण्ड तलब पाइसकेका छन् । ‘यसरी हेर्दा सबै खर्च कटाएर मेरो एक महिनाको १५ सय पाउण्ड ​उनीहरुलाई बस्नको लागि क्याराभान दिइएको छ । एउटा कोठामा ६ जनासम्म बस्छन् । एक जनाले बस्न मासिक २२५ पाउण्ड र खानाको एक सय पाउण्ड तिर्नुपर्छ । त्यस्तै बीमाको भनेर २५ पाउण्ड तिर्नुपर्छ ।

रोहनले १५ दिनको ७ सय पाउण्ड तलब पाइसकेका छन् । ‘यसरी हेर्दा सबै खर्च कटाएर मेरो एक महिनाको १५ सय पाउण्ड जति पैसा वचत हुन्छ होला,’ उनले भने ।

रोहन नेपालबाट जाँदा दुई जना मात्रै साथी थिए । यूकेको एयरपोर्टमा ट्याक्सी रिजर्भ गरेर ठेगाना दिइएको कम्पनीमा सिधै पुगेका थिए । एजेन्टलाई ६ लाख रूपैयाँ तिरेर गएका थिए । ‘एक जना चिनेको दाइ हुनुहुन्थ्यो । उहाँले यूके जाने भए खुलेको छ,६ लाख रूपैयाँ खर्च लाग्छ भन्नुभयो । सबै प्रक्रिया पुरा भएर भिसा आइसकेपछि ६ लाख तिरेको थिएँ,’ रोहनले भने ।

गर्मीयाममा पर्याप्त कामदार पाउन यूकेमा निकै चुनौतीपूर्ण छ। यो पटक नरम फलफूल टिप्ने मौसम उत्कर्षमा पुग्नुअघि फलफूल खेती गर्नेहरूलाई पर्याप्त कामदार नपाइने चिन्ता थियो।

उनको ५० दिनमा भिसा आएको थियो । एजेन्टले एजी रिक्वारमेन्टमार्फत् उनलाई यूके पठाएको रहेछ ।

तर,उनलाई अहिले पो थाहा भयो,आफैले पनि अनलाइनमार्फत् आवेदन दिन सकिने रहेछ भनेर । उनले कुनै दिन स्टाबेरी प्याकिङको काम पनि गर्नुपर्छ । त्यसको पारिश्रमिक भने घण्टाको १०.१० पाउण्ड दिइन्छ ।

अहिले यूके जाने र सिजनल वर्करबारे धेरै नेपालीले चासो राखिरहेका छन् । श्रम कार्यालयको तथ्याङ्कअनुसार जेठसम्ममा ९ सय ३७ जना नेपाली यूके पुगिसकेका छन् । उता रोहन भने नेपालमा सोचेजस्तो यूके पुगेर काम गर्न सजिलो नरहेको बताउँछन् । कहिल्यै घर परिवारबाट टाढा नरहेका रोहनलाई बेला बेला परिवारको यादले सताइ रहन्छ । दिनभर बारीमा काम गर्दा कहिले भोक लाग्छ त कहिले प्यास लाग्छ । थकानको त कुरै छैन ।

जे जस्तो भएपनि दुःख गरेर काम गर्नुको विकल्प छैन । रोहनले भने ।‘नेपालमा केही काम नगरेर बसी बसी खाएकाहरूले काम गर्न सहज होला भन्ने सोच्नुभयो भने साह्रै गाह्रो हुन्छ । त्यही मनसाय बनाएर आउनुभयो भने राम्रै हुन्छ,’ उनले भने । नेपालबाट जाने क्रममा रोहनलाई स्टाबेरी टिप्न एकदमै सजिलो हुन्छ जस्तो लागेको थियो । तर,स्टाबेरी टिप्न थालेपछि सुनेको र बेलायतमा आफूले भोगेको कुरामा आकाश पातालको फरक पाएको उनलाई दुई सातामै महसुस भएको छ ।

कामदारहरूको अभाव

यूकेका चर्चित सुपरमार्केटहरू वेटरोज, टेस्को, मार्क्स र स्पेन्सर लगायतमा आपूर्ति गर्दै आएको रेटफर्डनजिकै अवस्थित हार्विल फार्मकी जेनी टास्करसँग आफ्नो फार्ममा धेरै देशबाट आएकाहरूले काम गर्ने गरेको अनुभव छ।

यो पटक उक्त फार्ममा विभिन्न नौ देशबाट कामदारहरू आएका छन्। तीमध्ये ३५ जना नेपाली छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत