बिहिबार, अशोज २०, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • सरकारी कर्मचारीलाई मरणासन्न हुने गरि कुट्ने सुन गुण्डा कर्याप्पै !

सरकारी कर्मचारीलाई मरणासन्न हुने गरि कुट्ने सुन गुण्डा कर्याप्पै !


कान्तिपथ


अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको वाग्मती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहर सङ्कलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइ दिएको समितिले जनाएको छ ।

समितिले आयोजनाको काममा नै अवरोध पु¥याउने गरी फोहर सङ्कलन केन्द्र नराख्न तीनपटक पत्राचार गरिसकेको छ । तर घिसिङले समितिको पत्राचारलाई अटेर गर्दै आएको जनाइएको छ । श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ ।

अनधिकृत रूपमा फोहर सङ्कलन केन्द्र स्थापना गरेर स्थानीयवासीलाई समेत धम्की दिँदै उनले वाग्मती कोरिडोर क्षेत्रबाट फोहर उठाउने गरेका हुन् । जसले गर्दा जम्मा भएको आधा फोहर वाग्मतीमा बग्ने गरेको छ । समितिको क्युआरटी टिममा रहेका श्रेष्ठले गुहेश्वरी नयाँपुलको क्षेत्रमा अनुगमन गरी फोहोर फालेको भिडियो खिच्दै गर्दा घिसिङले कुटेका हुन् ।

नियमित अनुगमन गर्ने क्रममा समितिको ‘क्वीक रेस्पोन्स टिम’मा सहभागी श्रेष्ठमाथि कुटपिट गरेपछि यो घटना सार्वजनिक भएको हो । जिउभरी सुन लगाउने घिसिङ ‘सुन डन’का नामले पनि चिनिन्छन् । उनी गुन्डागर्दीमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत