आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • गठबन्धन गर्नुस, मेरो क्षेत्र अग्नि सापकोटालाई दिएर खेल्न नखोज्नुस: मोहन बस्नेत

गठबन्धन गर्नुस, मेरो क्षेत्र अग्नि सापकोटालाई दिएर खेल्न नखोज्नुस: मोहन बस्नेत


कान्तिपथ


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने मत राखेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै बस्नेतले गठबन्धनले पार्टीको हित नगर्ने बताएका हुन् ।

उनले गठबन्धन पार्टीले गरेमा आफ्नो सिट सुरक्षित हुनुपर्ने नत्र विद्रोह गर्ने चेतावनीसमेत दिए । केन्द्रीय समितिमा बस्नेतले भने- ‘गठबन्धन गर्नुस्, मेराे केही भन्नु छैन । मेराे गृह जिल्लामा खेल्ने प्रयास नहाेस् । यदी खेल्ने प्रयास भयाे भने विद्राेह गर्छु । अग्नि सापकाेटालाई छाड्नुभयाे भने म विद्राेहका लागि तयार छु ।’

नेता बस्नेत अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटासँग सिन्धुपाल्चोक १ मा पराजित भएका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत