बिहिबार, अशोज २०, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • देश कंगाल बनाएर भागेका श्रीलंकाका राष्ट्रपति माल्दिभ्सको टापुमा

देश कंगाल बनाएर भागेका श्रीलंकाका राष्ट्रपति माल्दिभ्सको टापुमा


कान्तिपथ


श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्षे आफ्नो देश छाडी भागेर माल्दिभ्स पुगेका छन्। यसअघि सोमबार दुबई जाने योजना असफल भएपछि उनी मंगलबार राति सेनाको विमानबाट माल्दिभ्स गएका हुन्।

राजपाक्षेले त्यसअघि अमेरिका भाग्न चाहेको तर भिसाका लागि आवेदन दिँदा भिसा नपाएको खुलेको छ। भारतीय अखबार द हिन्दुले शीर्ष अधिकारीलाई उद्धृत गर्दै उनलाई अमेरिकाले भिसा नदिएको उल्लेख गरेको हो।

अमेरिकाको भिसा नपाएपछि उनी रातारात माल्दिभ्स पुगेका हुन्। सन् २०१९ सम्म राजपाक्षेको श्रीलंका र अमेरिका दुवै मुलुकको नागरिकता थियो। तर, श्रीलंकाको कानुनअनुसार अर्को मुलुकको नागरिकता पनि भएको मान्छे राष्ट्रपति बन्न नसक्ने भएकाले उनले आफ्नो अमेरिकाको नागरिकता त्यागेका थिए।

अमेरिकी नागरिकता त्यागेर निर्वाचनमा उठेका उनले निर्वाचनमा जित पनि हात पारेका थिए तर त्यसयता उनको लोकप्रियता उल्लेख्यरुपमा घटेको थियो। पछिल्लो समय सिर्जित आर्थिक संकटले त्यसलाई चरम अवस्थामा पुर्‍यायो र उनी राजीनामा दिन बाध्य हुनुपर्ने अवस्थामा पुगे।

गत शनिबार प्रदर्शनकारी राष्ट्रपति निवास पसेसँगै राजपाक्ष त्यहाँबाट भागेका थिए। त्यसपछि उनले आफूले बुधबार राजीनामाा दिने घोषणा गरेका थिए। राजीनामा पछि पक्राउ पर्ने डरले राजपाक्ष सोमबार दुबई जाने प्रयासमा थिए।

अध्यागमनका कर्मचारीले उनलाई भीआईपी कक्षमा प्रवेश गर्न दिएनन्। जसको कारण उनको चारवटा फ्लाइट छुटे र उनी नजिकैको सैन्य क्याम्पमा फर्किन बाध्य भएका थिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत