सोमवार, अशोज १०, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • शुक्रबार उप-सभामुखको निर्वाचन: संवैधानिक परिषदमा बहुमत पुर्याउने दाऊ !

शुक्रबार उप-सभामुखको निर्वाचन: संवैधानिक परिषदमा बहुमत पुर्याउने दाऊ !


कान्तिपथ


संघीय संसद, प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भएको छ। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।

उपसभामुख निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछन्। बिहीबार मनोनयन दर्ता हुने र शुक्रबार दिउँसो मतदान हुने सभामुख सचिवालय स्रोतले जानकारी दिएको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिने छन्। उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने भएकाले देउवा सरकारले परिषदमा बहुमत पुर्याउन सत्ता गठबन्धनभित्रैबाट उपसभामुख छान्न लागेको हो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत