शनिबार, अशोज ८, २०७९

बाबुराम-उपेन्द्रका अलग अलग भान्सा !


कान्तिपथ


तीन वर्षअघि पार्टी एकता गरेर जनता समाजवादी औपचारिक रूपमा विभाजित भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै बैठक आयोजना गरेर विभाजित बनेका हुन् ।

उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगन्जस्थित पुजन होटलमा शुरू गरेको छ । बुधबारदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले तयारी गरेको छ ।

भट्टराई पक्षले पनि मंगलबार नै काठमाडौंको जडिबुटीस्थित एक ब्याङ्क्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक शुरू गरेको छ । भट्टराई पक्षका नेता गंगा श्रेष्ठले बैठक दुई दिनसम्म चल्ने जानकारी दिए । यसअघि नै यादव र भट्टराईले पार्टीबाट अलग–अलग हुने समझदारी गरिसकेका थिए । सोही समझदारीअनुसार दुई पक्षका नेताहरूले समानान्तर बैठक बोलाएका हुन् । यससँगै यादव र भट्टराई एकअर्काबाट अलग्गिएको औपचारिक घोषणा पनि गरेका छन् । अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेताहरू बैठकमा सहभागी हुन वीरगन्ज पुगिसकेका छन् ।

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल वैशाख २३ गते एकता भएको थियो । पार्टी एकतापछि ‘समाजवादी पार्टी’ नामकरण गरिएको थियो । २०७७ साल वैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग पुनः एकीकरण भएसँगै पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ बनेको थियो ।

दुवै समूहले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । २३ जना सांसदमा यादव पक्षका १३ र भट्टराई पक्षका १० जना रहेका छन् । दुवै समूहमध्ये जुन समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउँछ सोही समूहले जसपाको मान्यता पाउनेछ । ४ सय ९९ जना केन्द्रीय समिति रहेको जसपामा दुवै समूहले बहुमत पु¥याउने गृहकार्यमा लागेको छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत