मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • रिट खारेज पछिका दुई विकल्प: २१ दिनपछि अनिवार्य अवकाश कि तत्काल राजिनामा ?

रिट खारेज पछिका दुई विकल्प: २१ दिनपछि अनिवार्य अवकाश कि तत्काल राजिनामा ?


कान्तिपथ


सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो ।

वरिष्ठताको आधारमा आफू प्रहरी प्रमुख हुनुपर्ने माग गर्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए । सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल पोखरेलको रिट खारेज भएको बताए ।

रिट खारेज भएसँगै उनीसँग अब दुई विकल्पमात्रै रहेको देखिएको छ । उनी निकट स्रोतले दिएको जानकारीअनुसार पोखरेल राजीनामा दिने ‘मुड’ मा छन् । यसअघि संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भएको थियो । पाँचौंपटकमा रिट खारेज भएको हो ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । पोखरेल एआईजीमा सिंहभन्दा १६ महिना सिनयर एआईजी थिए । सिंह एआईजी बनेको एक महिना नबित्दै आईजीपी नियुक्त भएका थिए ।

प्रहरीमा हाल ३० वर्षे सेवा अवधि कायम छ । प्रहरीमा अहिलेकै व्यवस्थाअनुसार एआईजीको उमेर हद ५६ वर्ष छ ।

आईजीपीको उमेर हद ५८ वर्ष छ । पोखरेल आउँदो साउन २० गते ५७ वर्ष लाग्छन् । साउन २० अघि मुद्दाको किनारा नलागे उनले स्वतः एआईजीबाटै अवकाश पाउने निश्चित थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत