बेलायतमा कन्जरभेटिभ पार्टीका उम्मेदवारहरु बीच भईरहेको आगामी प्रधानमन्त्रीको प्रतिस्पर्धामा नयाँ विवाद देखा परेको छ । यस नयाँ विवादमा भूतपूर्व प्रधानमन्त्री बोरिस जोनसनका सहयोगीहरुले हाल भईरहेको प्रधानमन्त्री पदको प्रमुख दाबेदार ऋषि सुनकलाई असहयोग गर्न दलका अन्य सहयोगीहरुलाई आग्रह गरेका छन् । भुतपुर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहयोगीहरूलाई: 'Anyone but Sunak'(सुनक बाहेक जो कोही) भन्ने क्याम्पेन चलाएका छन् । जोनसन, जसले आफूले तटस्थ रहने र प्रतिस्पर्धामा सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने बताए पनि प्रधानमन्त्री पदका प्रमुख दाबेदार ऋषि सुनकलाई हराउन अन्य दावेदारहरूसँग कुराकानी गरेको र सुनकलाई प्रधानमन्त्री नबनाउन आग्रह गरेको बुझिएको छ। शुक्रबारको एक मिडिया रिपोर्ट अनुसार बेलायतको अर्को प्रधानमन्त्री बन्ने दौडले गति लिएपछि, कार्यवाहक प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना सहयोगीहरूलाई 'सुनक बाहेक जो कोही' समर्थन गर्न भनेका छन् । द टाइम्स अखबारको रिपोर्ट अनुसार जुलाई ७ मा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताको रूपमा राजीनामा दिएका जोनसनले पराजित कन्जरभेटिभ पार्टी (टोरी) नेतृत्वका उम्मेद्वारहरूलाई पूर्व कुलपति सुनकलाई समर्थन नगर्न आग्रह गर्दै आएका छन् । एक कुराकानीमा नजिकको स्रोतको जानकारी अनुसार जोनसनले सुनकको ठाउँमा व्यापार मन्त्री पेनी मोर्डाउन्टलाई समर्थन गर्न आग्रह गरेको बताइएको छ। बोरिस जोनसनको क्याम्पको अनुसार ऋषि सुनकले पूर्व कुलपतिको राजीनामा दिएर जोनसनलाई धोका दिएको, जोनसनको सरकार गिराउन षडयन्त्र गरेको आरोप लगाएका छन् । केहि दिन अगाडी ऋषि सुनकर र जोनसन क्याबिनेटका अन्य सदस्यहरुले एक पछि अर्को रजिनाम दिएका थिए जसले गर्दा जोनसन सरकार माथिको विश्वास हटेको थियो र उनि मन्त्री पद बाट राजिनामा दिन बाध्य भएका थिए । हिजो भएको दोश्रो चरणको प्रतिस्पर्धामा ऋषि सुनकले १०१ मत ल्याएका थिए भने उनका निकटम प्रस्तिपर्धि पेनी मोर्डाउन्टले ८३ मत ल्याउन सफल भएकी थिइन् । अबको तेश्रो चरणको प्रतिस्पर्धा सोमबार हुने छ ।