मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • समाज
  • न्यायपरिषदद्वारा भटाभट योग्यता नपुगेका ३ न्यायाधिश बर्खास्त !

न्यायपरिषदद्वारा भटाभट योग्यता नपुगेका ३ न्यायाधिश बर्खास्त !


कान्तिपथ


न्यायपरिषद्ले एक सातामा तीन न्यायाधीशलाई बर्खास्त गरेको छ । न्यायपरिषदले न्यायाधीश रेणुका साह,नसरुल्लाह अन्सारी र लोकजंग शाहलाई बर्खास्त गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रहेकी न्यायाधीश रेणुका साहलाई २४ असारमा बर्खास्त गरेको न्यायपरिषदले शुक्रबार उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई बर्खास्त गरेको छ । उच्च अदालत तुलसिपुरकी अर्की न्यायाधीश बबिता उप्रेतीलाई भने सचेत गराइएको छ ।

न्यायपरिषदले साहको १० वर्षसम्म वकालत गरेको योग्यता नपुगेको न्यायाधीश अन्सारीको कार्यक्षमता अभाव तथा खराब आचरण रहेको र शाहलाई बलात्कार लगायतको मुद्धामा विवादस्पद फैसला गरेको भन्दै बर्खास्त गरिएको हो । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको जोडबलमा न्यायाधीश बनेकी साह पूर्व प्रधानन्यायाधीश रामकुमार साहकी छोरी हुन् ।

सरकारी वकिलबाट न्यायाधीश नियुक्त शाहविरुद्ध नुवाकोट जिल्ला अदालतमा रहँदा जग्गा विवादमा गरिएको फैसला विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो । बर्दिया जिल्ला अदालतमा छँदा सवारी ज्यान मुद्दाको फैसला र जिल्ला अदालत दार्चुलामा बन्धक बनाई सामूहिक बलात्कारमा वारदात स्थलबाटै पक्राउ परेका अभियुक्तलाई सफाइ दिने गरी न्यायाधीश शाहले गरेको फैसला विवादित बनेको थियो ।

सुशीला कार्की न्याय परिषद् अध्यक्ष छँदा ०७३ पुसमा अन्सारीलाई कानुन व्यवसायीबाट उच्चको न्यायाधीश नियुक्त गरिएको थियो । ०७५ सालमा उच्च अदालत जनकपुरको राजविराज इजलासमा छँदा जग्गाको मुद्दा आर्थिक चलखेल गरी फैसला गरेको भन्दै जिल्ला बारले उनी विरुद्ध आन्दोलन गरेको थियो । सचेत गराइएका उप्रती र अन्सारीले राय किताब र फैसलामा फरक तथ्य राखी फैसला गरेको भन्दै परिषदमा उजुरी परेको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत