आइतवार, फाल्गुन ४, २०८१
  • गृहपृष्‍ठ
  • विचार
  • पृथ्वीनारायण शाहको दिव्योपदेश आउँदा म १७ वर्ष भैसकेको थिए: केपी ओली

पृथ्वीनारायण शाहको दिव्योपदेश आउँदा म १७ वर्ष भैसकेको थिए: केपी ओली


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले दिएको भनिएको दिव्योपदेश २०२५ पुस २७ बाट आएको दाबी गरेका छन्। उनले यस विषयमा चर्चा गर्नेहरुलाई कुन ग्रन्थबाट दिव्योपदेश पढ्न थालेको भन्दै प्रश्न समेत गरेका छन्।

शनिबार नेपाल-चीन हिमालय मैत्री समाजद्वारा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाः चुनौती र अबको बाटो विषयक विचार गोष्ठी’ कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने-‘पृथ्वीनारायण शाहले दिव्योपदेश कसलाई दिएको हो? कहिले दिएको हो? कस्तो अवस्थामा दिएको हो? त्यो दिएको भए उसैबेलादेखि आयो कि २०२५ साल पुस २७ गतेबाट आयो? २०२५ पुस २७ गते दिव्योपदेश आयो।’

‘चलाख सन्तान भयो भने, शासक सन्तान भयो भने यस्ता कुराहरु निस्किन सक्दछन्। उत्पत्ति हुन्छन्। त्यो बेग्लै कुरा हो। दिव्योपदेश आउँदा म पनि १७ वर्षको भइसकेको थिएँ’, ओलीले भने।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत