शनिबार, अशोज ८, २०७९

गगनले फोन नउठाउँदा देउवा रिसले चुर !


कान्तिपथ


नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री गगन थापा सभापति शेरवहादुर देउवा र उनको टिमप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । महामन्त्री थापाले निर्वाचित महामन्त्रीले पार्टी र सरकारका कामबारे बाहिरबाट थाहा पाउनुपरेपछि प्रतिक्रिया पनि बाहिरबाटै दिनुपरेको बताए ।

थापाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने–सभापतिले महामन्त्रीहरुको जिम्मेवारी र हैसियतबारे प्रष्ट पार्नुस् । केन्द्रीय सदस्य साथीहरुले सभापति खुसी बनाउँन हामीलाई गाली गर्ने कुराले पार्टी र सभापति दुवैलाई फाइदा गर्दैन । गुटको भेला पार्टी प्यालेसमा राखियो भन्ने सन्दर्भमा ठूलो घर हुनेले बुढानिलकण्ठमा घरमै गरेको पनि हो । ठूलो घर नहुनेले पार्टी प्यालेसमा गर्छन् । महामन्त्री थापाले लगातार आलोचना गरेपछि देउवाले ‘महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न’ भन्ने जवाफ थिए ।

महामन्त्री थापाले पार्टी सञ्चालन प्रक्रियामा आपत्ति जनाउँदै निर्वाचित महामन्त्रीको भूमिका सभापति र उपसभापतिले गरेका निर्णयमा ताली बजाउँनेमात्र नभएको बताएका थिए । उनले कांग्रेसमा एक्लै लडेर चुनाव जितिन्छ भन्ने आत्मविश्वास गुम्दै गएकोमासमेत टिप्पणी गपरेका थिए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि केपी अ‍ोलीले गलत गरेको भनेर आफूहरुले प्रश्न उठाएका कतिपय विभागहरु प्रधानमन्त्री माहतहत नै राखिनु र संवैधानिक परिषद विधेयक जस्ता कुरामा सरकारका कारण आफूहरुले जवाफ दिने अवस्था नभएको बताएका थिए ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापतिको नाकमा झिँगा बसेको भन्दै तरबार हान्ने काम केही सदस्यहरुले गरेको भन्दा देउवाले ‘खोइ मेरो नाकमा झिँगा’ भन्ने प्रश्न गरेका थिए । गुरुङले भने निदाएको बेला थाहा नहुने जवाफ दिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत