शनिबार, अशोज ८, २०७९

जनभावना बुझेर काम गर्न आग्रह


कान्तिपथ



नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद मोहन आचार्यले जनसरोकारका विषयलाई प्राथमिकता दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाद्वारा स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न धुन्चेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहभागितामै आयोजनाहरू अगाडि बढाउन जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “स्थानीय सरकारसँग जनताका धैरै अपेक्षा हुन्छन् । गाउँको विकासलाई केन्द्रविन्दुमा राखेर योजना बनाउनुपर्छ । ”

कार्यक्रममा पार्टीका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ, बागमती प्रदेशसभा सदस्यद्वय प्रभात तामाङ र प्रेम तामाङ, लामा कार्पु तामाङ र उपेन्द्र लम्सालसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित नेताहरुले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित रहेर सङ्ठन विस्तारलाई तीव्रता दिनुपर्ने धारणा राख्नुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत