शनिबार, अशोज ८, २०७९

करोडौंको भन्सार छलिका मेडिकल उपकरण सहित ३ जना समातिए


कान्तिपथ


धनुषाको जनकपुरधाममा एक भारतीय नागरिकले ५ वर्षदेखि अवैध रुपमा मेडिकल उपकरणको कारोबार गरिरहेको खुलासा भएको छ। धनुषा प्रहरीले जनकपुरधाम ९ संकटमोचन मन्दिरस्थित स्थानीय विनय झाको घरबाट भन्सार छली तथा चोरी निकासी गरी ल्याएको एक करोड मूल्य बराबरको मेडिकल उपकरणसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

भारत बिहारको मधुवनीका ५२ वर्षीय विपीनकुमार सिंहले भन्सार छली तथा चोरी निकासी गरि ल्याएका १ करोड मूल्य बराबरको मेडिकल उपकरण बरामद गरेको धनुषा प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा व्यवसायी विपीनकुमार सिंह, शंकर सिंह र सुरज सिंह रहेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक दीपककुमार रायको नेतृत्वमा खटिएको टोलीले अवैध रुपमा भन्सार छली चोरीपैठारी गरी लुकाईछिपाई राखेको मेडिकलसम्बन्धी उपकरणहरू बरामद भएको हो। बीआर ०१ पीके ६६६६ नम्बरको स्कार्पिओ गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत