राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी गाडी नीजि बनाएर बिक्री गरेको एउटा तस्बिर भाइरल भइरहेको छ । भाइरल तस्बिरमा एउटा ब्लु बुक र रातो रङको प्राडो गाडी छ । ब्लु बुकमा नीजि जिप, दर्ता मिति २०५३।११।०२ गते उल्लेख छ ।
सवारी धनीको नाम विद्यादेवी भण्डारी र वतन चावहिल–६ काठमाडौं भनेर लेखिएको छ । आफूलाई अभियान्ता बताउने तारा बरालले फेसबुकमा लेखेकी छन्, ‘२०५३ मै सरकारी गाडी चोरेर २५ लाखमा बेचेर खाने राष्ट्रपति रे । गाडी चोरलाई राष्ट्रपति भनेर विश्वसामु देशको शिर झुकाउने हैन, गर्मी निवासबाट गलत्याएर जेलमा हाल महाभ्रष्ट सरकार । नत्र हामीलाई जिम्मा दे, हामी नारायणहिटीबाट देश चलाउँछौं, यस्ता कुख्यातलाई जलाउँछौं ।’
यो विषयमा एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा मिति २०५३।०३।२० गते संसद सुविधाअन्तर्गत करछुटमा किनिएको बा २ च ९५७५ नम्बरको गाडी झापा बिर्तामोडका मेगेन्द्रराज लिङ्देनलाई बेचिएको रैछ । कर सुविधाको गाडी बेच्न नमिल्ने भएपछि राष्ट्रपति भण्डारीले घरायसी कागज बनाएर बेचेकी रैछिन् ।’