शुक्रबार, अशोज २१, २०७९

भाजपा हेडक्वार्टरमा प्रचण्ड !


कान्तिपथ


भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका छन्। नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा सो पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन्।

भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरु र प्रचण्डपुत्री गंगा दाहालका साथै स्वकीय सचिव रमेश मल्ल पनि सहभागी थिए।

पूर्वप्रधानमन्त्री प्रचण्ड नड्डाकै निमन्त्रणामा शुक्रबारदेखि भारत भ्रमणमा छन्। यसअघि शनिबार उनीसँग भारतका विदेशमन्त्री जयशंकरलगायतले भेटवार्ता गरेका थिए। भारत भ्रमण सकेर प्रचण्ड आइतबारै स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत